मकवानपुर र सर्लाहीमा भारी वर्षा, जनजीवन प्रभावित


काठमाडौं— पछिल्लो ६ घण्टामा मकवानपुर र सर्लाहीमा धेरै भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा मकवानपुरको सिलिंगेमा ११२.२ मिलिमिटर र सर्लाहीको पूर्वी पथारकोटमा ११४.४ मिलिमिटर वर्षा मापन भएको छ।
पछिल्लो तीन घण्टामा सिलिंगेमा ६९.४ मिलिमिटर र पथारकोटमा ३३.४ मिलिमिटर वर्षा मापन भएको छ। सिलिंगे र पथारकोटमा अहिले पनि पानी परिरहेको छ। विभागका अनुसार सिलिंगेमा एक घण्टामा ४.६ मिलिमिटर र पथारकोटमा २१ मिलिमिटर वर्षा मापन भएको छ।
१० मिलिमिटरसम्म हल्का वर्ष त्यसपछि मध्यम र ५० मिलिमिटर भन्दा बढी मापन भए भारी र १०० मिलिमिटर भन्दा माथि वर्षा भए धेरै भारी वर्षा भनिन्छ।
मनसुनको न्यूनचापीय रेखा उत्तरतर्फ नेपाल नजिक रहेकाले शुक्रबारदेखि बढी पानी पर्ने आकलन विभागको छ।

आज गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघ गर्जनच/ट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले विशेष बुलेटिन निकालेर जानकारी दिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन