विपद्बाट विद्युतीय संरचनामा क्षति पुग्न नदिन उच्च सतर्कता, विद्युत् सेवा चालू गराउन टोली तयारी अवस्थामा


काठमाडौं : नेपाल विद्युत प्राधिकरणले भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउनसक्ने बाढी,पहिरो, डुबानका कारण विद्युतीय संरचनामा क्षति पुग्न नदिन उच्च सतर्कता अपनाएको छ । विद्युतीय संरचनामा क्षति पुग्न नदिन र विद्युत सेवा अवरुद्ध भएमा मर्मतसम्भार गरी लाइन तत्कालै चालू गराउन कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले विपद्का कारण मुख्य रुपमा ग्रीड, सवस्टेसन, विद्युत उत्पादन गृह र वितरण सवस्टेसन एवं लाइनमा पुग्न सक्ने सम्भावित क्षतिलाई आकलन गरी पूर्व तयारी गरिएको बताए ।
विद्युत गृहको बाँधस्थलमा रहेका गेट सञ्चालनका लागि एक सिफ्टमा ३/३ जना कर्मचारी खटिन गरेकोमा विपद्लाई ध्यान दिएर ६/६ जना जना रहने व्यवस्था गरिएको, सवस्टेसन डुबानमा परेमा पानी फाल्न पम्पहरु तयारी अवस्थामा राखिएको, पहिरोको खतरा भएका ठाउँमा रहेका प्रसारण लाइनका टावर परपरको क्षेत्रमा त्रिपालले ढाकिएको, विद्युतीय संरचनामा क्षति पुगेमा तुरुन्तै सम्बन्धित वितरण केन्द्र, नो लाइट वा हेल्पडेक्स एवम् हटलाइन नम्बर ११५० मा जानकारी दिन सकिने र जानकारी पाउन साथ लाइन मर्मतका लागि टोली परिचालन हुने व्यवस्था गरिएको कार्यकारी निर्देशक सिलवालले जानकारी दिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन