खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ६९ योजना कार्यान्वयन


म्याग्दी: खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, म्याग्दीले आर्थिक वर्ष २०८१÷८२ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी ६९ वटा योजना कार्यान्वयन गरेको छ । उक्त योजनाहरूका लागि कूल १३ करोड ९९ लाख ८ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा १३ करोड १९ लाख ९२ हजार रुपैयाँ खर्च गरिएको कार्यालयले जनाएको छ ।
डिभिजन प्रमुख झलकमोहन ओझाका अनुसार प्रदेश सरकारअन्तर्गतका ६७ योजना मध्ये ६४ र सङ्घीय सशर्ततर्फका पाँच योजना कार्यान्वयनमा पुगेका छन् । तीमध्ये २६ वटा स्रोत सुनिश्चितता भएका, २८ वटा क्रमागत तथा १८ वटा सालबसाली योजना रहेका थिए ।
गत वर्ष सम्पन्न योजनामध्ये खानेपानीतर्फ १७, सिँचाइ र नदी नियन्त्रणतर्फ ६÷६ वटा तथा ऊर्जा र अध्ययन÷सर्वेक्षणतर्फ एक÷एक वटा योजना रहेका छन्। खानेपानी योजनाबाट एक हजार २८३ वटा धारा निर्माण गरिएका छन् । तीमध्ये ९३१ वटा धारामा मिटर जडान गरी खानेपानी वितरण गरिएको छ । त्यसैगरी तीन हजार ११९ मिटर मुख्य पाइपलाइन, १०६ किलोमिटर शाखा पाइपलाइन, चार हजार ७२ घनमिटर क्षमताका २२ वटा रिजर्भ ट्याङ्की तथा २७७ वटा अन्य संरचना निर्माण भएका छन् ।
सिँचाइ योजनामार्फत ५२ हेक्टर क्षेत्रफलमा नयाँ सिँचाइ सुविधा विस्तार भएको छ भने ७० हेक्टर क्षेत्रमा स्तरोन्नति गरिएको छ। छ किलोमिटर पक्की नहर, ६.११ किलोमिटर पाइपलाइन, पाँच वटा बाँध र ४७ वटा सिँचाइका संरचनाहरू निर्माण गरिएको छ ।
नदी नियन्त्रण योजनामार्फत बाढी र कटानको जोखिममा रहेका क्षेत्रहरूमा ४० मिटर पक्की पर्खाल, २५० मिटर ग्याबियन पर्खाल र रघुगङ्गा गाउँपालिका–१ स्थित बेग क्षेत्रमा ३०० थान ग्याबियन पर्खाल निर्माण गरी पहिरो नियन्त्रण गरिएको छ । यसबाट ११० घरपरिवार लाभान्वित भएका छन् भने २.५ हेक्टर जमिन संरक्षणमा योगदान पुगेको छ ।
ऊर्जा क्षेत्रतर्फ ११४ घरधुरीमा जडान गरिएका सौर्य ऊर्जाको मर्मतसम्भार गरिएको छ। योजनाहरूको कार्यान्वयनबाट जिल्लाको पूर्वाधार विकासमा उल्लेखनीय सुधार आएको डिभिजन कार्यालयले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन