साताको अन्तिम कारोबारमा सेयरबजार १.९३ अंकले घट्यो


काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबारको दिन सामान्य अंकको गिरावट देखिएको छ । बिहीबार बजार १.९३ अंकले घटेको छ । साताको अन्तिम कारोबार पश्चात समग्र बजार मापक परिसूचक २०७७.७८ मा कायम रहेको छ ।
आज १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३५ कम्पनीको सेयर मूल्य घटेको छ । सामान्य अंकले बजार घटेपनि इमर्जिङ नेपाल लघुवित्त, तथा मध्य सोलु जलविद्युत् आयोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । बुद्धभूमि नेपाल हाइड्रो पावर, मान्डु हाइड्रो लिमिटेड, सुपरमादीको सेयर मूल्य बढेको छ । आजको कारोबारमा ४ अर्ब ३८ करोड, ८२ लाख ७८ हजार ७२० रुपैयाँ बराबरको ८८ लाख १३ हजार ३७४ सेयर ५९ हजार ६५० पटकमा खरिद बिक्री भएको छ ।
साताको अन्तिम कारोबारमा समूहगत सूचकतर्फ होटेल एण्ड टुरिजम ०.११ प्रतिशत, हाइड्रोपावर ०.८२ प्रतिशत, इन्भेष्टमेन्ट ०.४८ प्रतिशत, माइक्रो फाइनान्स समूह ०.९१ प्रतिशत तथा ट्रेडिङ समूह १.९६ प्रतिशत बढ्यो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन