साताको अन्तिम कारोबारमा सेयर बजार ७.३१ अंकले घट्यो, ४ अर्ब १३ करोडको कारोबार


काठमाडौं– साताको अन्तिम कारोबारको दिन सेयर बजार ७.३१ अंकले घटेको छ । बिहीबार बजार ७.३१ अंक घटेर १९९८.९६ मा झरेको हो । अघिल्लो कारोबारमा २५.९३ अंक बढेको बजार आज ७.३१ अंकले घटेको छ । ७ अंक घटेको बजार ७८ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ ।
४ अर्ब १३ करोड ३३ लाख ६२ हजार ७२६ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो कारोबारको दिन बजार ४ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।
९४ लाख ९८ हजार २९८ कित्ता सेयर ६४ हजार १८१ पटकमा खरिद बिक्री भएको छ । उपसूचक समूहतर्फ माइक्रो फाइनान्स बाहेक अन्य समूह राताम्मे देखिएको छ ।
सबैभन्दा बढी विकास बैंक समूह २.०३ प्रतिशतले घटेको छ । बजार घटेपनि समता घरेलु लघुवित्त, इन्फिनिटी लघुवित्त, साधना लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रके लागेको छ ।
सेयर बजार २६ अंक बढेर २ हजार विन्दुमाथि, विकास बैंकको सेयर मूल्यमा उच्च वृद्धि
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन