साताको तेस्रो कारोबारमा सेयर बजार ३३.१५ अंकले बढ्यो, ५ अर्ब ५५ करोडको सेयर खरिद बिक्री


काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो कारोबारमा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो कारोबारमा ८.९० अंकले बढेको बजार आजको कारोबारमा ३३.१५ अंकले बढेको हो । आजको कारोबार पश्चात बजार परिसूचक २११५.२४ विन्दुमा उक्लिएको छ । आजको कारोबारमा २०३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४१ कम्पनीको सेयर मूल्य घटेको छ । बजारसँग कारोबारमा पनि बढोत्तरी भएको छ ।
बजार बढ्दा ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रुपैयाँ बराबरको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ७४ हजार ८७७ पटकमा खरिद बिक्री भएको छ । अघिल्लो दिनको कारोबारमा ५ अर्ब ५० करोडको सेयर खरिद बिक्री भएको थियो । साताको तेस्रो कारोबारका दिन बरण हाइड्रो, ग्रीन भेन्चर लिमिटेड, कुथेली बुखरी स्मल हाइड्रो, भगवती हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढोत्तरी भएको छ ।
समूहगत उपसूचकतर्फ १३ वटै समूहको सेयर मूल्य बढेको छ । जसमा सबैभन्दा धेरै जलविद्युत् समूह २.५८ प्रतिशतले बढेको छ । यस्तै लाइफ इन्स्योरेन्स २.४० प्रतिशत, फाइनान्स समूह २.१६ प्रतिशत, निर्जीवन बीमा समूह २.१९ प्रतिशतको उच्च बढोत्तरी भएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्