उपत्यकाका यी स्थानमा बिहान ८ बजेदेखि २ बजेसम्म बत्ती जाने


काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नयाँ कन्डक्टर तार जडान गर्न लागेकोले विद्युत् अवरुद्ध हुने भएको छ ।
आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ्ग आयोजनाले स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तारलाई बदली गर्ने कार्य गर्न लागिएको प्राधिकरणले जनाएकाे छ ।
जसअनुसार वैशाख २९ देखि ३१ सम्म हसनटार फिडर अन्र्तगत सशस्त्र पहरी अगाडिबाट, पाटी चोक, अमरज्योती स्कुल, पुरानो हेल्थ पोष्ट, कष्ण् मन्दिर, नाग मन्दिर, गौतमगाउँ, हुँदै खत्रीगाउँ र छत्रेदेउराली क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।
यस्तै खड्का गाउँ फिडर अन्र्तगत सशस्त्र गेट अगाडि, शालिकचोक, एलआरआइ स्कुल, खड्कागाउँ, पुरानो हिमशिखर स्कुल लगायतका ठाउँमा विद्युत् अवरुद्ध हुनेछ ।
थानकोट फिडर अन्तरगत पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुङ्गेधारा, किटनी भञ्ज्याङ श्रृजनाचोक क्षेत्रमा विद्युत् कटौती हुनेछ ।
त्यसैगरी जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट फिडर अन्तरगत पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुङ्गेधारा, किटनी भञ्ज्याङ श्रृजनाचोक क्षेत्रमा विद्युत् कटौती हुनेछ
बलम्बु फिडर अन्तरगत कलंकी ढुङ्गेअड्डा, आर्केड कोलोनी, तीनथाना, नैकाप, विष्णुदेवी, बोसीगाउँ, हरियाली, सतुंगल, नयाँ नैकाप, चुनदेवी, प्रगतिनगर क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्