गण्डक पश्चिमी नहरको सेटलिङ्ग बेसिनको उद्घाटन, सिँचाइमा पाँच गुणा वृद्धि हुने


नवलपरासी : पश्चिम नवलपरासीको सेमरीमा निर्माण सम्पन्न भएको गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाको ‘सेटलिङ्ग बेसिन’ सञ्चालनमा आएको छ ।
दुई वर्षभन्दा बढी समय लागेर निर्माण सम्पन्न भएको यो परियोजनाको लागत रु ३५ करोड रहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उक्त ‘सेटलिङ्ग बेसिन’ को औपचारिक उद्घाटन आज गरेका हुन् ।
उक्त कार्यक्रम नेपाल गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालयद्वारा आयोजना गरिएको हो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य विनोद चौधरी पनि सहभागी थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्काले पश्चिम नवलपरासीका नागरिकले लामो समयदेखि भोग्दै आएको डुबान र सिँचाइ अभावको समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘यहाँ रहेका छ वटा नदीमा तटबन्ध निर्माण आवश्यक छ र त्यसका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्न गम्भीर तयारी गरिरहेको छ ।’
मन्त्री खड्काका अनुसार आफू यो क्षेत्रमा दोस्रोपटक आएका हुन् र यहाँका समस्यासँग भिजेका छन्।
सिँचाइ क्षमता पाँच गुणाले वृद्धि
सांसद चौधरीले सेटलिङ्ग बेसिनको निर्माणपछि गण्डक नहरले पहिलेभन्दा पाँच गुणा बढी भूमिमा सिँचाइ सुविधा दिनसक्ने जानकारी दिए।
उनले भने, ‘३५ वर्षदेखि किसानले भोग्दै आएको सिँचाइ अभावको पीडा अब अन्त्य भएको छ। यस परियोजनाले किसानको जीवनस्तर उकास्नेछ ।’
सांसद चौधरीले डुबान समस्या समाधान गर्न दीर्घकालीन योजना अनुसार बजेट व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउँदै मन्त्रीलाई यसमा पहल गर्न आग्रह गरे ।
सेटलिङ्ग बेसिन निर्माणको महत्त्व
वि.सं. २०३९ मा निर्माण भएको गण्डक पश्चिमी नहरको सिँचाइ क्षमता ८,७०० हेक्टर भए पनि नहरको मुहानमै बालुवा जम्ने समस्याका कारण हालसम्म केवल २० प्रतिशत जमिनमा मात्र सिँचाइ भइरहेको थियो।
नवीनतम सेटलिङ्ग बेसिन निर्माणपछि, बालुवा प्रवाह रोकिने भएकाले अब सम्पूर्ण क्षमताका साथ ८,७०० हेक्टर भूमिमा सिँचाइ सुविधा पुगोस् भन्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्