तराई–मधेसको खानेपानी समस्या समाधान गर्न जनशक्ति परिचालन गर्न निर्देशन
जलसरोकार
काठमाडौं: खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसमा विशेष गरी बारा र पर्सा जिल्लामा देखिएको खानेपानी समस्याको तत्काल समाधानका लागि आवश्यक जनशक्ति परिचालन गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन टिम (एसएमटी) बैठकमा मन्त्री यादवले मातहतका निकायलाई तात्काल सक्रिय हुन निर्देशन दिएका हुन् ।
मन्त्री यादवले भने, “तराई–मधेसका आठ जिल्लामा हाम्रो टिम र जनशक्ति परिचालित गर्नुपर्छ, यसबाट त्यहाँको खानेपानी समस्या समाधान गर्न सकिन्छ ।“
उनले जलवायु परिवर्तनका कारण झन् जटिल बन्दै गएको पानी संकट समाधानका लागि अन्तरराष्ट्रिय संघ–संस्था, दातृ निकाय तथा छिमेकी मुलुकसँग पनि आवश्यक सहयोगका लागि पत्राचार गर्न निर्देशन दिए ,।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन