मधेसको खानेपानी समस्या समाधान गर्न ठोस योजना तयार गर्न निर्देशन

काठमाडौं: खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन विभागको वार्षिक प्रगति समीक्षा गोष्ठीमा खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेस क्षेत्रमा दीर्घकालीन रूपमा खानेपानी समस्या समाधानका लागि तत्काल ठोस योजना तयार गर्न निर्देशन दिएका छन् । । उनले विभागलाई सम्भव भएसम्म छिटो कार्यान्वयन गर्न सकिने योजना तयार गर्न आग्रह गर्दै दीर्घकालीन समाधान अब ढिला नगरी सुरु गर्नुपर्नेमा जोड दिए ।
गत आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री यादवले खानेपानी मन्त्रालयले विकास निर्माणका क्षेत्रमा उत्कृष्ट परिणाम हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी काम गर्न विभागलाई प्रोत्साहित गरे ।
गोष्ठीमा विभागका महानिर्देशक रामकुमार श्रेष्ठले विगत वर्षमा विभागले देशभर ९० प्रतिशत प्रगति हासिल गरेको जानकारी दिँदै मन्त्रीको स्पष्ट मार्गनिर्देशनअनुसार आगामी वर्ष अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन