खानेपानी तथा सरसफाइको क्षेत्रमा लगानी आवश्यक

-lg-1738127661.jpg)
काठमाडौँ,: खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइको क्षेत्रमा लगानी आवश्यक भएको बताएका छन् । युएन ह्याबिटेटको सहयोगमा आज खानेपानी मन्त्रालयले आयोजना गरेको खानेपानी तथा सरसफाइ नियमावली, २०८१ को कार्यान्वयन तथा क्षेत्रगत लक्ष्य प्राप्तिका लागि भावी कार्यदिशासम्बन्धी अन्तरक्रियामा उनले विकास साझेदार संस्थासँग उक्त क्षेत्रमा लगानी केन्द्रित गर्न आग्रह गरेका हुन् ।
“खानेपानी तथा सरसफाइका क्षेत्रगत लक्ष्य पूरा गर्न सरकार प्रतिबद्ध छ, म सबै दातृ निकाय र विकास साझेदार संस्थालाई पनि सरकारको उक्त प्रतिबद्धतामा सहयोग गर्न आग्रह गर्दछु”, उनले भने, । उनले तीन वटै तहको समन्वय र सहकार्यमा प्रत्येक नेपालीको घरमा स्वच्छ खानेपानी पु¥याउने लक्ष्य समेत रहेको बताए ।
नेपाललाई विसं २०७६ सालमा खुला दिसामुक्त राष्ट्र घोषणा गर्न हामी सबैले हातेमालो गरेको जस्तै, अब गुणस्तरीय खानेपानी र सुरक्षित सरसफाइको पहुँच पु¥याउन पनि त्यस्तै प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ थियो । उनले भने,“सन् २०३० सम्म सबैको पहुँचमा स्वच्छ खानेपानी र सुरक्षित सरसफाइ पु¥याउने र दिगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य रहेको छ । हाम्रो लक्ष्य प्राप्तिका लागि सबैको सहयोग आवश्यक छ, सोही अनुरूपमा हामीले मिलेर अगाडि बढ्नुपर्छ ।”
त्यसअवसरमा विकास विकास साझेदार संस्थाका प्रतिनिधिहरुले विगतदेखि नेपालमा खानेपानी, स्वास्थ्य, सरसफाईको क्षेत्रमा काम गर्दै आइरहेका र आगामी दिनमा मन्त्रालयसँगको छलफल एवम् समन्वयमा अझ उक्त क्षेत्रमा सहयोग गरिने प्रतिबद्धता जानउनु भएको थियो ।
मन्त्रालयका सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ, सहसचिव मिना श्रेष्ठ, रमाकान्त दुवाडीलगायत दातृ निकायहरू इसिमोड, युनिसेफ, फिनल्याण्ड, एडिबी, विश्व बैंक, जाइकालगायत विकास साझेदार संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन