सिँचाइ नहर मर्मतपछि सञ्चालनमा


बाँके: जिल्लाको राप्ती सोनारी–३ बैजापुरमा नहर मर्मत भएपछि किसान लाभान्वित भएका छन् ।
अतिक्रमणका कारण भग्नावशेष मात्र बाँकी रहेको राजकुलो सिँचाइ नहर वडा कार्यालयको पहलमा मर्मत भएपछि बैजापुरका ३०० किसानका करिव ३०० बिघाह जमिनमा सिँचाइ सुविधा पुगेको राप्ती सोनारी–३ का वडाध्यक्ष मिनकुमार चौधरीले जानकारी दिए ।
“कुलो मर्मत गरेर सिक्टा सिँचाइ आयोजनाको पानी मिसाएपछि अहिले राप्ती सोनारी गाउँपालिका–३ र ४ बैजापुरको नारायणपुर, साइपुर, जङ्गपुर र लामिडाँडा क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ”, वडाध्यक्ष चौधरीले भने, “वडा नं ३ को बनघुस्री गाउँदेखि वडा नं ४को लामीडाँडा हुँदै नारायणपुरसम्म करिव ७०० मिटर पुरानो राजकुलो मर्मत गरेपछि सिँचाइ सुविधा पुगेको हो ।”
उनका अनुसार, सिक्टा सिँचाइ आयोजना र राप्ती सोनारी गाउँपालिकाको सहयोगमा राजकुलो मर्मत भएपश्चात किसानको खेतवारीमा सिँचाइ सुविधा पुगेको छ । सिक्टा सिँचाइ आयोजनाले कुलो निर्माणको लागि मेसिन उपलब्ध गराएको थियो भने गाउँपालिकाले माटो व्यवस्थापनमा लाग्ने खर्च व्यहोरेको थियो ।
करिव रु १० लाख लगानीमा राजकुलो मर्मत गरिएको हो । नारायणपुरका स्थानीय चक्र केसीले भने, “पहिला राजकुलोमा आउने पानीले सिँचाइ गर्ने गथ्र्यौँ, पछि हरायो, आशा मारेर बसेको बेला अहिले फेरि खेतवारीमा पानी आउँदा खुशी लागेको छ ।”
राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले खेतीयोग्य जमिनमा सिँचाइ सुविधाका लागि गाउँपालिकाले हरसम्भव प्रयास गरिरहेको बताए । उनले सिक्टा सिँचाइ आयोजनाबाट सोझै सिँचाइ सुविधा नपुग्ने क्षेत्रमा लिफ्टिङ प्रविधिमार्पmत किसानलाई सिँचाइ सुविधा उपलब्ध गराइने जानकारी दिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन