सिँचाइ विस्तारबाट ५२ हेक्टर जमिन लाभान्वित, नदी नियन्त्रणले ११० परिवारलाई राहत


म्याग्दी,: यहाँस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालन गरेका योजनामार्फत जिल्लामा सिँचाइ सुविधा उल्लेख्य रूपमा विस्तार भएको छ ।
डिभिजन प्रमुख झलकमोहन ओझाका अनुसार ५२ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार हुनुका साथै ७० हेक्टर जमिनमा सिँचाइ संरचनाको स्तरोन्नति गरिएको छ । यस क्रममा ६ किलोमिटर पक्की नहर, ६.११ किलोमिटर पाइपलाइन, ५ वटा बाँध तथा ४७ वटा सिँचाइ संरचनाहरू निर्माण गरिएको छ ।
सिँचाइतर्फका २२ योजनाका लागि कूल रु ४ करोड ८३ लाख ४० हजार बजेट विनियोजन भएकोमा २१ योजना कार्यान्वयनमा आएका छन्। कुल बजेटमध्ये ९१.३१ प्रतिशत, अर्थात् रु ४ करोड ४१ लाख ४० हजार खर्च भएको डिभिजनले जनाएको छ।
यसैबीच, नदी नियन्त्रण योजना अन्तर्गत बाढी तथा कटानको उच्च जोखिममा रहेका ६ स्थानमा ४० मिटर पक्की पर्खाल र २५० मिटर ग्याबियन पर्खाल निर्माण गरिएको छ। रघुगङ्गा–१ बेगमा समेत ग्याबियन निर्माण गरी पहिरो रोकथाम गरिएको छ।
नदी तथा पहिरो नियन्त्रण योजनाबाट ११० परिवार लाभान्वित भएका छन् भने २.५ हेक्टर जमिन उकासिएको छ। नदी नियन्त्रणका लागि विनियोजित रु १ करोड ५० लाख ५० हजार बजेटमध्ये रु १ करोड ४७ लाख ६९ हजार खर्च भएको डिभिजन प्रमुख ओझाले जानकारी दिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्