बाढीले क्षतिग्रस्त इवाखोला जलविद्युत आयोजनाको उत्पादन पुनः शुरू


काठमाडौं – गत वर्ष जेठ अन्तिममा आएको बाढीले क्षतिग्रस्त बनेको इवाखोला जलविद्युत आयोजनाले पुर्ननिर्माण पश्चात उत्पादन सुरु गरेको छ । बाढीले क्षति भएका संरचनाको मर्मत सम्भार पश्चात मंगलबारबाट विद्युत् उत्पादन सुरु गरेको हो ।
रिडी पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत आयोजना विसं २०७० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता भएको थियो, भने निर्माण सम्पन्न गरी २०७६ साल असोज २० गतेदेखि सञ्चालनमा रहेको छ ।
आयोजना निर्माणको कार्य अघि बढाएको थियो । २०८० जेठ ३२ गते पूर्वी नेपालमा आएको भीषण बाढीले आयोजनाको विद्युतगृह, बाँधस्थल, गेट र हेडरस पाइपमा क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको थियो । पाँचथर र ताप्लेजुङको सिमानामा बग्ने काबेली नदीमा निर्माण गरिएको यस आयोजनाबाट वर्षायामको समयमा ९.९ मेगावाट विद्युत् उत्पादन हुन्छ।

लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता