गिलासको पानी फेरेझैं मन्त्रालयका सहसचिवहरु फेरिए, विद्युत् विकास विभागमा मण्डल


काठमाडौं : गिलासको पानी फेरेझैं ऊर्जामन्त्री दीपक खड्काले मन्त्रालय अन्तर्गतका विभिन्न निकायका सहसचिव, विभागीय प्रमुख तथा आयोजना प्रमुखहरुलाई दुई, दुई महिनामा सरुवा गर्दै आएका छन् ।
तीन महिनामा सिंचाई महानिर्देशक फेरेका मन्त्री खड्काले विद्युत् विकास विभागका महानिर्देशकलाई पनि एक वर्ष पुग्न नपाई पुनः हटाएका छन् । विभागका महानिर्देशक नबीन राज सिंहलाई शुक्रबार अपमानित ढंगले विद्युत् नियमन आयोगको सचिवमा सरुवा गरेका छन् ।
विभागका महानिर्देशकहरु फेरिंदा वा सरुवा गरिंदा सामान्यतया मन्त्रालयमा ल्याइने परम्परा तोड्दै मन्त्री खड्काले महानिर्देशक सिंहलाई आयोगको सचिवमा पठाएका हुन् ।
आयोगकी सचिव मनदेवी श्रेष्ठलाई भने विभागको वातावरणीय महाशाखाको उपमहानिर्देशकमा लगेका छन् । विभागको महानिर्देशकमा भने बूढीगण्डकी जलविद्युत् आयोजनाका सीइओ जीवछ मण्डललाई ल्याएका छन् ।
यसअघि विभागमा महानिर्देशक रहेका मण्डललाई हटाएर यिनै मन्त्री खड्काले सिंहलाई ल्याएका थिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन