काठमाडौंको सडक भासिएर मोटसाइकल ढलभित्र, चालक सकुशल


काठमाडौं– काठमाडाैंमा सडक भासिएर माेटरसाइकल सहित चालक खाल्टाेमा परेका छन् । काठमाडौं सोह्रखुट्टे-बालाजु सडक खण्डमा सडक भासिएपछि माेटरसाइकल सहित चालक खाल्टाेमा परेका हुन् । खाल्टोमा परेका चालकको स्थानीयले उद्दार गरेका थिए । मोटसाइकल चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ । काठमाडौं महानगर प्रहरी र सशस्त्र प्रहरीले मोटरसाइकलको खोजी गरिरहेको छ ।
प्रहरीकाअनुसार भाँसिएको ठाउँमा पानी जमेकाले खाल्डो नदेखिएर दुर्घटना भएको हो । सडकमा क्षति पुगेपछि अहिले सवारीसाधनलाई एकतर्फी आलोपालो चलाइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यातायातको चाप बढी हुँदा केहीबेर सवारी चालकहरु जाममा बस्नुपर्ने ट्राफिक प्रहरीले जनाएको छ । उक्त ठाउँमा खाल्डो परेको छ । खाल्डोमा एक मोटरसाइकल पनि खसेको थियो ।
आज बिहान करिब ६ बजे काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा पठाओ चालक विकास शाक्यको बा ५० प ३८२ नम्बरको मोटरसाइकल समेत खसेको थियो ।
मोटरसाइकल खाल्डोमा खसेर डुबे पनि मोरङ घर भई काठमाडौंको चाबहिल बस्दै आएका शाक्य भने सकुशल छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
तीन उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता किस्ता
-
सयर बजार एक वर्षकै न्यून बिन्दुमा, २४८७ अंकमा झर्यो कारोबार
-
सुनको मूल्य तोलामा साढे दुई लाख नाघ्यो
-
अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
-
रुग्ण ठेक्कामाथि कारबाही सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
-
देशभर मौसम सफा रहने