ग्रीन हाइड्रोजन अनुसन्धानमा केयूलाई मुक्तिनाथ विकास बैंकको साथ


काठमाडौं – मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उदेश्यले ग्रीन हाइड्रोजन इन्धनका अनुसन्धानको लागि काठमाडौं विश्वविधालय सँग सहकार्य गरेको छ । एक कार्यक्रम बीच बैंकले काठमाडौं विश्वविधालय अन्तरगत रहेको ग्रीन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौं विश्वविधालयका उपकुलपति डा. भोला थापा, ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. बिराज सिंह थापा तथा दुबै संस्थानका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । ल्याबले ग्रीन हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्ने छ ।
नेपालमा रहेको प्राकृतिक स्रोतको असिमित सम्भावनाहरुलाई अनुसन्धान गर्ने मौका सँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने बैंकले विश्वास लिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता