वरिपरि पानी नपरेर कुलेखानी जलाशय रित्तिन लाग्यो, अब २ मिटर मात्रै बाँकी (फोटो फिचरसहित)


काठमाडौं : यसपालि मध्य वर्षायाममा पनि कुलेखानी जलाशय भरिनु त कहाँ हो कहाँ यसको सतह न्यूनतम तहमा पुग्न थालेको छ । कुलेखानी जलाशयको न्यूनतम सतह १४९० मिटर हो ।
साउन महिनाको उत्तरार्धमा पुग्दा पनि कुलेखानी जलाशयमा पानीको सतह १४९२.७ मिटर रहेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले बताए ।
उनका अनुसार गत वर्ष आजकै समयमा कुलेखानीको जलाशय १५१३ मिटर पुगेको थियो । वर्षायाम सुरु भएयता यसपालि कुलेखानी आसपासमा क्षेत्रमा पानी नपरेको भट्टले जानकारी दिए ।
गत वर्षको साउन महिनामा परेको पानीले एकैदिन कुलेखानीको सतह १० मिटरले भरिएको थियो ।

भट्टका अनुसार कुलेखानी एकाध घण्टामात्र सञ्चालन हुँदै आएको छ । ‘भोल्टेजको लेभल मिलाउनका लागि मात्र कहिलेकाहीं चल्छ,’ उनले भने ।
कुलेखानी पहिलो (६० मेगावाट) त्यसको क्यासकेड दोस्रो (३२ मेगावाट) र त्यसको पनि क्यासकेड तेस्रो (१४ मेगावाट) को जलाशययुक्त जडित क्षमता छ ।
कुलेखानी जलाशयमा पानी जम्मा हुने अधिकतम सीमा समुद्र सतहबाट १५३० मिटर हो भने यसको न्यूनतम लेभल १४९० मिटर हो ।

कुलेखानी पूरै भरिंदा करिब ८५ लाख घनमिटर पानी जम्मा हुन्छ । पूर्ण जलाशयको तहमा पु¥याउँदा यसको सतहको क्षेत्रफल २२० हेक्टर हुन्छ । पूर्ण भरिंदा र न्यूनतम स्तरमा झर्दा बीचमा करिब ४० मिटरको पानीको उचाइ अन्तर हुन्छ ।


लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्