कुलमान घिसिङ र बेलायती सांसद एलेक्स बेकरबीच द्विपक्षीय सम्बन्ध र ऊर्जा क्षेत्रमा सहकार्यबारे छलफल

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार बेलायतका सांसद तथा नेपालको लागि सर्वदलीय सांसद समूह (एपीपीजी) का नेता एलेक्स बेकरसँग भेटघाट गरी द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावनाबारे छलफल गरेका छन्।
भेटमा नेपाल-बेलायतबीचको ऐतिहासिक सम्बन्ध, नेपालको ऊर्जा क्षेत्रको विकास, हरित हाइड्रोजनको सम्भावना, जलवायु परिवर्तनले नेपालमा पारिरहेको प्रभाव र त्यसका सम्बन्धमा विश्वस्तरमा उठाउनुपर्ने मुद्दाहरू, बेलायती गोर्खा सेनाको पेन्सन विषय, नेपालको वर्तमान राजनीतिक अवस्था तथा ‘उज्यालो नेपाल’ अभियानका उद्देश्यसम्बन्धी विषयमा सौहार्दपूर्ण वार्ता भएको घिसिङले जनाएका छन्।
सांसद बेकरले नेपालका विविध विषयमा गहिरो चासो प्रकट गर्दै आवश्यक सहयोगका लागि प्रतिबद्धता जनाएका थिए। भेटमा द्विपक्षीय (G2G) गोर्खा मुद्दाका प्रमुख वार्ताकार तथा सचिव मेजर (सेवानिवृत्त) जुदबहादुर गुरुङ, एपीपीजी नेपालकी सचिव प्रेमिला भान ओमेन तामाङ र एल. एन. पाण्डे पनि उपस्थित थिए।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन