सैदी पावर कम्पनीको सेयर जारी गर्ने कुमारी क्यापिटल बिक्री प्रबन्धक नियुक्त


काठमाडौँ – सैदी पावर कम्पनी लिमिटेडले प्रति सेयर १०० रूपैयाँ अंकित दरको १ लाख ७० हजार ४९ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको छ । सोका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
उक्त सम्झौता पत्रमा सैदी पावर कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे । कम्पनीले कास्की जिल्लामा अवस्थित सैदी खोलाको पानी सदुपयोग गरी ९९९ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना निर्माण गरी २०७९ सालदेखि व्यवसायिक विद्युत् उत्पादन गरिरहेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन