पर्वतको लाङ्दी पहिरो : एकजनाको शव फेला, श्रीमतीको खोजी जारी


पर्वत: पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा पहिरोले घर पुरिँएका दम्पतीमध्ये एकजनाको शव फेला परेको छ । गए रातिदेखि परेको लगातारको भारी वर्षाका कारण आज बिहान घरमाथिबाट आएको कान्लोबारी खस्दा दम्पती घरभित्रै पुरिएका थिए ।
बेपत्ता भएका दम्पतीमध्ये एकजनाको शव भने फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार, ७८ वर्षीय छविलाल विश्वकर्माको शव स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा पहिरोमुनि पुरिएको अवस्थामा फेला परेको हो ।
छविलालकी श्रीमती विष्णुमती विश्वकर्मा अझै बेपत्ता रहेकी छन् । उनको खोजी कार्य जारी रहेको प्रहरी प्रमुख विष्टले जानकारी दिए । डिमुवा र कुश्माबाट खटिएको प्रहरी टोली र स्थानीयको सहकार्यमा पहिरो पन्छाएर खोजी कार्य जारी राखिएको छ। अत्यधिक वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।
यसबीच, उनीहरूकी २८ वर्षीया बुहारी पवित्रा विश्वकर्मा भने हामफालेर ज्यान जोगाउन सफल भएकी छन ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन