काठमाडौंका केही स्थानमा दिउँसो ५ घण्टा बत्ती जाने, यस्तो छ कारण


काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न क्षेत्रहरूमा दिउँसो ५ घण्टा बिजुली अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै काठमाडौंका केही स्थानमा विद्युत् लाइन अवरुद्ध जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार आइतबार जोरपाटी वितरण केन्द्रअन्तर्गत फोर्स बसपार्कदेखि तेज विनायक चोकसम्म विद्युत आपूर्ति अवरुद्ध भएको थियो । सोमबार कुलेश्वर वितरण केन्द्र अन्तर्गत सोल्टी मोडदेखि रविभवनसम्मको क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ ।
त्यस्तै, मङ्गलबार पुनः जोरपाटी वितरण केन्द्र अन्तर्गतको क्षेत्र प्रभावित हुनेछ भने बुधबार कुलेश्वर वितरण केन्द्र, बिहीबार जोरपाटी वितरण केन्द्र र शुक्रबार कीर्तिपुर केन्द्रअन्तर्गतका क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार कुलेश्वर, कीर्तिपर र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य भइरहेको छ । जसले गर्दा ती स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन