लिट्मस केबल्सको 'पावर पार्टनर्स मिट २०८२' सम्पन्न, डिलरहरूलाई सम्मान र दुबई-थाइल्याण्ड भ्रमणको घोषणा

काठमाडौं: नेपालको वायर तथा केबल उद्योगमा अग्रणी कम्पनी लिट्मस इन्डस्ट्रीज लिमिटेडले आफ्नो तेस्रो "पावर पार्टनर्स मिट २०८२" काठमाडौंमा भव्य रूपमा सम्पन्न गरेको छ। देशभरका डिलर, वितरक र च्यानल पार्टनरहरू सहभागी भएको कार्यक्रममा करिब २०० प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा कम्पनीले आफ्नो पाँच दशक लामो औद्योगिक यात्रा, वर्तमान बजार स्थिति, उपलब्धि र आगामी योजनाबारे जानकारी गराउँदै गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रतिको प्रतिबद्धता व्यक्त गर्यो।
कार्यक्रममा डिलरहरूसँगको प्यानल छलफल, कम्पनीको प्रस्तुति र नेटवर्किङ सेसन जस्ता विविध सेसनहरू संचालन गरिएको थियो। लिट्मसले उत्कृष्ट व्यवसायिक योगदान पुर्याउने डिलरहरूलाई राइजिङ स्टार, पेमेन्ट एक्सिलेन्स र लिट्मस एक्सिलेन्स अवार्डसहित १० विधामा सम्मान प्रदान गरेको छ।
उक्त अवसरमा कम्पनीले "श्रावण उत्सव" नामक नयाँ प्रोत्साहन अभियानको पनि घोषणा गरेको छ। उक्त योजनाअन्तर्गत सहभागी डिलरहरूले दुबई र थाइल्याण्ड भ्रमण तथा चाँदीका सिक्का जित्ने अवसर पाउने कम्पनीले जानकारी दिएको छ।
कार्यक्रमले लिट्मस र यसको व्यापार साझेदारहरूबीचको सहकार्य, विश्वास र दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाएको कम्पनीको विश्वास छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन