चितवनका केही क्षेत्रमा आज देखि दैनिक ६ घण्टा लोडसेडिङ


चितवन : अत्यधिक गर्मी, सिँचाइ प्रयोजनका लागि विद्युत् मागमा अचानक भएको वृद्धिका कारण आज (आइतबार) देखि चितवनका केही क्षेत्रमा दैनिक ६ घण्टा लोडसेडिङ सुरु भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले सार्वजनिक गरेको तालिकाअनुसार नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडर क्षेत्रका उपभोक्तालाई प्रभावित पार्नेगरी दिनमा दुईपटक गरी लोडसेडिङ गरिएको हो ।
वितरण केन्द्रका अनुसार भरतपुर १३२÷३३ केभी सबस्टेशनबाट आपूर्ति हुने ३३ केभी डग कन्डक्टरमा अधिकतम ३०० एम्पिएरसम्म मात्र विद्युत् प्रवाह गर्न सकिने क्षमताभन्दा बढी ४५० एम्पिएर पुगेपछि तत्कालीन रूपमा लोडसेडिङको विकल्प अपनाइएको हो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन