महाकाली सिचाँइ तेस्रो चरण : नहर बन्यो पानी आएन


कञ्चनपुर: महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिका फुलेलीसम्म निर्माण भइसकेको मूल नहर वर्षौंअघिदेखि पानीको पर्खाइमा छ । फुलेलीदेखि कैलालीको गोदावरीसम्मको थप २० किलोमिटर नहर निर्माणाधीन अवस्थामा भए पनि भारतले टनकपुर ब्यारेजबाट पानी नछोड्दा किसानको खेतमा सिँचाइ सुविधा पुग्न सकेको छैन ।
हालसम्म २८ किलोमिटर मूल नहर र त्यसमा जोडिने २२ शाखा नहरमध्ये आधा निर्माण भइसकेका छन्। उक्त संरचनाबाट तीन हजार हेक्टरमा सिँचाइ सुविधा दिन सकिने क्षमता भए पनि भारतीय पक्षको आनाकानीले नहर सुक्खा छ ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक डा. योगेन्द्र मिश्रका अनुसार, “टनकपुरबाट पानी आयो भने अहिले बनिसकेका संरचनाबाट तत्काल तीन हजार हेक्टरमा सिँचाइ गर्न सकिन्छ, थप पाँच हजार हेक्टरमा विस्तार सम्भव छ ।”
चार वर्षअघि एकपटक परीक्षणको क्रममा टनकपुरबाट पानी आएसँगै धान दिवससमेत मनाइएको थियो । त्यसपछि भने एनएचपीसी (नेसनल हाइड्रोपावर कर्पोरेसन) ले “दिल्लीको आदेशपछि मात्र पानी छाड्न सकिने“ भन्दै ढिलाइ गरिरहेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन