नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकोे स्वतन्त्र सञ्चालकमा महेशप्रसाद दहाल नियुक्त

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दहाल नियुक्त भएका छन् ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम बैंक संचालक समितिको १४९ औं बैठकको निर्णयले गत शुक्रबारदेखि लागू हुने गरी चार बर्षे कार्यकालको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।
नेपाल सरकारको सचिव पदबाट सेवा निवृत्त हुनु भएका दहालले एम.पि.ए. र एम.बी.ए. गर्नुका साथै कानुनमा स्नातक समेत गरेका छन् ।
नेपाल सरकारको सेवामा रहँदा उनले विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको लामो समयको अनुभव छ । उनको कार्यकालमा बैंकले थप उचाई हासिल गर्ने विश्वास बैंकले लिएको विज्ञप्तिमा छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन