नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त


काठमाडौं : नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । कायममुकायको जिम्मेवारीमा रहेका ज्ञवलीलाई बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आजैदेखि लागु हुने गरी नियुक्त गरेको हो ।
उनी २०७७ साल साउनमा नबिल बैंकको नायब महाप्रबन्धकको पदमार्फत प्रवेश गरेका थिए । २०८१ पुसमा उनी वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । त्यसैगरी गत चैत १३ गते देखि उनी नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए ।
ग्लोबल आईएमई बैंकमा ७ वर्ष विताएका ज्ञवालीले २ वर्षसम्म ज्योति विकास बैंकको नेतृत्व गरेका थिए । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन