वर्षातपछि मेलम्चीको पानी काठमाडौँ ल्याइयो, दैनिक १७ करोड लिटर आपूर्ति सुरु


काठमाडौं: वर्षातका कारण बन्द रहेको मेलम्ची खानेपानी पुनः काठमाडौँमा ल्याइएको छ । मेलम्ची नदीमा आएको बाढी–पहिरोले आयोजना क्षतिग्रस्त भएपछि गत वर्ष असार १० गतेबाट पानी आपूर्ति रोकिएको थियो ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासका अनुसार, वर्षातले क्षति पुगेको स्थान मर्मत गरी अहिले दैनिक १७ करोड लिटरभन्दा बढी पानी सुन्दरीजलमा सङ्कलन भइरहेको छ ।
काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ भने मेलम्ची बन्द हुँदा विभिन्न स्रोतबाट मात्र १३–१४ करोड लिटर पानी आपूर्ति भइरहेको थियो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले बताए अनुसार, मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आएपछि वितरण प्रक्रिया सुरु गरिएको छ । विगतमा ६ दिनमा एक दिन मात्र पानी आउने व्यवस्था अहिले सुधारिएर प्रत्येक घरमा ३–३ दिनको फरकमा पानी उपलब्ध हुने भएको छ ।
विसं २०७८ असार १ गतेको बाढी–पहिरोले आयोजनाको हेडवक्र्स पूर्णरूपले क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र पानी वितरण हुँदै आएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन