असोज अन्तिम सातादेखि मात्र मेलम्चीको पानी काठमाडौँमा


काठमाडौँ : काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको पानी आउने भएको छ ।
वर्षासँगै मेलम्ची खोलामा पानीको बहाव बढेकाले दसैँअघि उपत्यकामा पानी ल्याउन नसकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले जानकारी दिए । उनका अनुसार, “पानीको बहाब घटेपछि मात्र मेलम्चीको पानी ल्याउने तयारी छ ।”
विसं २०७८ असारमा आएको भीषण बाढीपहिरोले मेलम्ची आयोजनाको हेडवक्र्स पूर्णरूपमा क्षतिग्रस्त बनाएपछि हालसम्म हिउँदमा मात्र उपत्यकामा मेलम्चीको पानी आपूर्ति हुँदै आएको छ । हाल केही दिनयता निरन्तर वर्षा भएसँगै पानी पथान्तरणमा समस्या भएको हो ।
समितिका अनुसार, मेलम्चीबाट सामान्य अवस्थामा दैनिक १७ देखि १८ करोड लिटर पानी उपत्यकामा ल्याइँदै आएको भए पनि हाल रिबर्मा खोलाबाट ६ देखि ७ करोड लिटर मात्र पथान्तरण भइरहेको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेकोमा मेलम्ची अवरुद्ध हुँदा विभिन्न स्रोतबाट जम्मा १३ देखि १४ करोड लिटर मात्र आपूर्ति भइरहेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन