वर्षामा मेलम्चीको पानी खोलामा छोडे हिउँदमा काठमाडौंमा पानी लैजान नदिने बाढी पीडितको चेतावनी


काठमाडौँ – मेलम्ची खानेपानी बाढी पीडित संघर्ष समिति र स्थानीय राजनीतिक दलहरूले वर्षायाममा पनि सुरुङ प्रवेश गराइएको पानी निरन्तर पथान्तरण गर्न माग गरेका छन् । उनीहरुले वर्षायाममा सुरुङ प्रवेश गराइएको पानी नदीतिर नफर्काउन चेतावनी नै दिएका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पीडित र स्थानीय दलका प्रतिनिधिहरूले यस्तो चेतावनी दिएका हुन् ।
‘केही वर्षदेखि हिउँद शुरूवातसँगै तामझामका साथ पानी काठमाडौँ प्रवेश गराउने र जब मनसुन सुरु हुन्छ त्यसपश्चात पानी पुनः नदीमै फर्काउने र तटीय क्षेत्रको जोखिम ख्याल (वास्ता) नगर्ने प्रवृत्ति र मानसिकताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ सुरुङ प्रवेश गराइएको पानी यस वर्षको वर्षायाममा निरन्तर पथान्तरण गर्न र नदीतिर नफर्काउन बाढी पीडित संघर्ष समिति, यस क्षेत्रमा क्रियाशील राजनीतिक दलका तर्फबाट विनम्रतापूर्वक संयुक्त अपिल गर्दछौँ ।’
उनीहरूले आफूहरूको अनुरोध र अपिललाई कमजोरी ठानेर जबरजस्ती नदीतिरै पानी फर्काउने प्रयत्न गरिए हिउँदमा पुनः पानी पथान्तरण गर्न असम्भव हुने चेतावनी दिएका छन् ।

लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन