अधूरो लिफ्ट आयोजना पूरा नहुँदा वर्षेनी लाखौँको घाटा

 (1) (1)-lg-1755232833.jpg)
बागलुङ: बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिले अधूरो लिफ्टमार्फत पानी वितरण गर्दा मासिक करीब रु ५ लाख (वार्षिक रु ६० लाख) विद्युत् महसुल तिर्नुपरेको छ । तर, आयोजना पूरा नहुँदा गण्डकी प्रदेश र संघीय सरकारको विद्युत् महसुल छुट सुविधा लिन नसक्दा समितिले वर्षेनी लाखौँको घाटा बेहोर्दै आएको छ ।
२०७५ असार ३१ गते दुई वर्षमै सम्पन्न गर्नेगरी रु ३० करोड २६ लाख ५१ हजार लागतमा ठेक्का सम्झौता भएको ‘बागलुङ नगर बृहत् खानेपानी लिफ्ट आयोजना’ ९५% काम पूरा भए पनि अझै सञ्चालनमा आएको छैन। पछि लागत रु ४ करोडले बढे पनि निर्माण कम्पनी कन्काई जयमाता जेभीले समयमा काम सम्पन्न नगरेको समितिका कार्यबाहक अध्यक्ष हरिबहादुर जिसीले बताए ।
गण्डकी प्रदेशको नियमअनुसार आयोजना पूरा भए वार्षिक विद्युत् महसुलमा २५% छुट पाइने थियो, जसले समितिलाई वार्षिक रु १५ लाख राहत दिने अनुमान छ । तर, निर्माण ढिलाइका कारण सात लाख लिटर क्षमताका नयाँ ट्यांकी प्रयोगमा आउन सकेका छैनन्। अहिले पुरानो ट्यांकीमार्फत अस्थायी रूपमा पानी वितरण भइरहेको छ ।
निर्माण व्यवसायी कृष्णहरि चौलागाईंका अनुसार भौगोलिक जटिलता, पहिरो, कोभिड–१९, आर्थिक समस्या र पाइपलाइन डिजाइनमा आएको समस्या ढिलाइका कारण बने। आयोजना सम्पन्न भएपछि काठेखोलाबाट रातामाटामा पानी लिफ्टमार्फत पु¥याएर शुद्धीकरण गरी वितरण गर्ने योजना छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन