संसद् भवन पुसभित्रै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन


काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन आगामी पुस महिनाभित्रै सक्नुपर्ने निर्देशन दिएका छन् ।
सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, परामर्शदाता तथा निर्माण व्यवसायीसँग शुक्रबार भएको छलफलमा मन्त्री घिसिङले अब कुनै पनि बहानामा ढिलाइ गर्न नहुने बताए ।
उनले भने,“जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवनमा ठूलो क्षति पुगेपछि अहिले संसद् भवन नै छैन । त्यसैले अब गम्भीरतापूर्वक परिचालित भएर काम समयमै सम्पन्न गर्नुपर्छ ।”
संसद् भवन तीन वर्षभित्र सम्पन्न गर्नेगरी २०७६ असोजमा ठेक्का सम्झौता भएकोमा पाँचौँ पटक समय थपिँदै आएको छ । हालसम्म आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ भने बाँकी काममा ‘फल्स सिलिङ’का लागि ट्रस निर्माण, इलेक्ट्रिकल प्यानल जडान, फायर फाइटिङ प्रणालीलगायत कार्य गर्न बाँकी छ ।
अनियमितता भए तत्काल कारबाही गर्ने चेतावनी
मन्त्री घिसिङले आफ्नो कार्यक्षेत्रभित्रका निकायमा देखिने अनियमितताप्रति कडा चेतावनी पनि दिए । उनले भ्रष्टाचार नियन्त्रण जेनजी आन्दोलनको प्रमुख एजेन्डा भएको स्मरण गर्दै अनियमितता फेला परेमा संलग्नलाई तुरुन्तै कारबाही गर्ने बताए ।
“विगतमा कसिमन खाएर बजेट नै बेच्यो भन्ने आरोप सुन्ने गरिएको छ । अब एक रुपैयाँ पनि अनियमितता भयो भने कसैलाई छाडिने छैन,” उहाँले भन्नुभयो। साथै, सेवा प्रवाहमा पनि सुधार ल्याउन निर्देशन दिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन