सुदूरपश्चिम र पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना


काठमाडौं : आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
शुक्रबार बिहान ६ बजे जारी पूर्वानुमान अनुसार, दिउँसो सुदूरपश्चिम प्रदेश र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। यस अवधिमा सुदूरपश्चिम प्रदेशका थोरै स्थान र तराईका एक–दुई स्थानमा समेत वर्षा हुनसक्ने विभागले जनाएको छ।
यस्तै, आज राति कोशी प्रदेश र देशका पहाडी भू-भागमा साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी पहाडी र तराईका एक–दुई स्थानमा समेत वर्षा हुनसक्ने विभागको भनाइ छ।
विभागका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ, जसका कारण नेपालमा मनसुन केही कमजोर हुने देखिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन