सोमबार मनसुन कमजोर, मंगलबारदेखि काठमाडौंसहित धेरै ठाउँमा वर्षाको सम्भावना


काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव केही कमजोर रहेको जनाएको छ । विभागका अनुसार अहिले नेपालको मौसम प्रणालीमा स्थानीय वायुको आंशिक प्रभाव मात्र देखिएको छ।
महाशाखाका अनुसार सोमबार कोशी प्रदेशलगायतका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराई तथा बाँकी भू–भागमा आंशिक बदली हुने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थान, बाँकी पहाडी भू–भागका थोरै स्थान तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
सोमबार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली हुने सम्भावना छ। यस क्रममा कोशी र बागमतीका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार सोमबार मनसुन खासै सक्रिय नदेखिने भएकाले धेरै ठाउँमा दिउँसो घमाइलो मौसम रहनेछ । तर मंगलबारदेखि काठमाडौंसहित धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेको उनले बताएका छन्। उनका अनुसार यस हप्ताभर हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ भने अर्को हप्तादेखि धेरै ठाउँमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना रहेको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन