कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेपालभर मनसुन समाप्त, देशभर सफा मौसम रहने

जलसरोकार
शनिबार, असोज २५, २०८२ | १०:०४:१३ बजे

काठमाडौं :  जल तथा मौसम पूर्वानुमान विभागका अनुसार यस वर्षको मनसुन नेपालभरिबाट पूर्णरूपमा समाप्त भएको छ। असोज २४ गते (अक्टोबर १०) का दिन मनसुनको बहिर्गमनसँगै अब देशभर मुख्यतया सफा मौसम रहने विभागले जनाएको छ।

विभागले शनिबार बिहान ६:०० बजे जारी गरेको २४ घण्टे मौसम पूर्वानुमान अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशहरूमा मुख्यतया सफा मौसम रहनेछ। कोशी प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सफा रहने अनुमान गरिएको छ।

विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन र आगामी दिनहरूमा स्थिर र खुला मौसम रहने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : शनिबार, असोज २५, २०८२ | १०:०४:१३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया