शभर आज बदली, यी स्थानमा आज भारी वर्षा हुने


काठमाडौं: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको र स्थानीय वायुले आंशिक असर पु–याइरहेको जनाएको छ।
महाशाखाका अनुसार बुधबार दिनभर देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी प्रदेशलगायतका पहाडी भू–भागका थोरै स्थानमा तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ।
बुधबार राति देशको पहाडी भू–भागमा साधारणतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली हुने विभागले जनाएको छ। यस क्रममा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।
विभागले सम्भावित भारी वर्षाका कारण पहाडी भू–भागमा सतर्कता अपनाउन आग्रह गरेको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन