नबिल बैंकको ८ वर्षे ऋणपत्र साउन ६ गतेदेखि खुल्ने


काठमाडौँ: नबिल बैंकले ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ८ वर्षे ऋणपत्र साउन ६ गतेदेखि निष्कासन गर्ने भएको छ । ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याज अर्धवार्षिक रुपमा दिइनेछ भने पूँजी (साँवा) ८ वर्षपछि फिर्ता गरिने बैंकले जनाएको छ ।
बैंकले प्रतिकित्ता रू. १ हजार दरमा ३० लाख कित्ता अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो। यसमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ, जसमा ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित छन्।
सर्वसाधारणले साउन ९ गतेसम्म छिटो आवेदन दिन सक्नेछन् भने ढिलोमा साउन २० गतेसम्म आवेदन दिन पाइनेछ। बिक्री प्रवन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ, र आवेदन ‘मेरो सेयर’ प्रणालीबाट दिन सकिनेछ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन