प्राधिकरणले छुट बिल बापत उठायो साढे ८ करोड रुपैयाँ

काठमाडौं : ट्रंक तथा डेडिकेटेड लाइन प्रयोग गरेर अर्बाैं रुपैयाँ बक्यौता उठाउन बाँकी रहेका बेला नेपाल विद्युत् प्राधिकरणले आव २०८१÷८२ मा अन्य सर्वसाधरण ग्राहकहरुबाट भने छुट बिल बापत ८ करोड ६१ लाख ८६ हजार रुपैयाँ संकलन गरेको छ ।
उक्त आर्थिक वर्षमा प्राधिकरणले बिलिङ नभएको कुल ९७ लाख १४ हजार ८ सय ५९ युनिट बिजुलीको रकम उठाएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको विद्युत् महसुल संकलन विनियमावली, २०७८ को विनियम ८ मा प्राधिकरणले उपभोक्तालाई विलिङ्ग गर्दा कुनै कारणवश विलिङ्ग छुट हुन गएमा सो को जानकारी भएपश्चात जुनसुकै समयमा पनि विद्युत उपभोग गरी छुटेको खपत तथा महसुल बापत छुट्टै विलिङ्ग गरिने व्यवस्था छ ।
छुट विलिङ्ग गरिएको निर्णयमा चित्त नबुझ्ने उपभोक्ताले प्राधिकरणको प्रचलित विद्युत वितरण विनियमावलीमा तोकिए वमोजिम पुनरावलोकन समिति समक्ष निवेदन दिन सक्ने बन्दोबस्ती उक्त विनियमावलीले गरेको छ ।
प्राधिकरणले यही विनियमावलीअनुसार ट्रंक तथा डेडिकेटेडको छुट बिल पठाएको हो ।
यही विनियमावलीअनुसार प्राधिकरणले २०७२ सालदेखि २०७५ सालसम्मको ट्रंक तथा डेडिकेटेडको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता उठाउन सकिरहेको छैन । उक्त कुल बक्यौता ९० प्रतिशतभन्दा बढी छुट बिल भएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका एक अधिकारीले जानकारी दिए ।
बक्यौताधारीहरु विनियमावलीमा उल्लिखित समय सीमा कटाएर उक्त विनियमावलले संशोधन गरेर प्रशासकीय पुनरावलोकन समितिमा गएका छन् । तर समितिका पदाधिकारीहरु यस्ता ‘अवैधानिक समिति’ मा काम गर्न मानिरहेका छैनन् र समितिको म्याद थप गरिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन