नेपालबाट दैनिक एक हजार मेगावाट विद्युत् निर्यात, १५ अर्ब रुपैयाँ आम्दानी


काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले देशभित्रको खपत पूरा गरेपछि हाल औसत एक हजार मेगावाट विद्युत् विदेशमा निर्यात गर्दै आएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्मको अवधिमा करिब १५ अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात गरिएको छ ।
भारतको ऊर्जा बजारमा प्रतिस्पर्धात्मक दरमा विद्युत् बिक्री भइरहेको प्राधिकरणले जनाएको छ । भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड र रियल टाइम मार्केटमार्फत तथा द्विपक्षीय सम्झौताअन्तर्गत हरियाणा र बिहारमा विद्युत् पठाइँदै आएको हो ।
त्यससँगै भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशलाई पनि दैनिक ४० मेगावाट बिजुली निर्यात भइरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा र बंगलादेशसँगको कारोबार अमेरिकी डलरमा हुने भएकाले नेपालले दुबै मुद्रामा आम्दानी गरिरहेको प्राधिकरणले जनाएको छ ।
हाल नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेशमा गरी कुल १,१६५ मेगावाट विद्युत् निर्यात गर्ने अनुमति पाएको छ । निर्यात विस्तारसँगै नेपालको विद्युत् व्यापार क्षेत्रीय स्तरमा थप सुदृढ हुँदै गएको बताइन्छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन