नयाँ दिल्लीमा नेपाल-भारत ऊर्जा सहसचिवस्तरीय बैठक सुरु

काठमाडौं : नेपाल-भारत ऊर्जा सहसचिव स्तरीय संयुक्त कार्य दल (जेडब्लूजी) को १२ औं बैठक भारतको नयाँ दिल्लीमा सुरु भएको छ ।
बैठकमा नेपाली पक्षको नेतृत्व ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले गरेका छन् भने उनका समकक्षी भारतको विद्युत् मन्त्रालयका सहसचिव डा. साई बाबाले गरेका छन् ।
बैठकको प्रमुख एजेन्डा इनरुवा-पूर्णिया ४०० केभी र दोदोधारा-बरेली ४०० केभी प्रसारण लाइनको निर्माण प्रारुप (मोडालिटी) छिनोफानो गर्ने रहेको छ ।
नेपालले यी दुबै लाइन बुटबल-गोरखपुर ४०० केभीको मोडल (५०, ५० प्रतिशत दुबै देशले लगानी गरी संयुक्त कम्पनीले बनाउने) मा बनाउन खोजेको छ भने भारतले आ-आफ्नो देशको लाइन आफू आफूले बनाउने तर ती लाइनका क्यापासिटी बुकिङ भने नेपालले गर्नुपर्ने अडान राखेको छ ।
यही दुई प्रसारण लाइनको मोडालिटी छिनोफानो नभएकै कारण यसपालि दुबै देशको ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठक नराखिएको हो ।
जेडब्लूजीले मोडालिटी तय गरेमा मात्र तत्कालै जेएससीको बैठक राख्ने भनिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
एकैदिन सुनको भाउ ७ हजार १ सय रुपैयाँले बढ्यो
-
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
-
काम नगर्ने ठेकेदारमाथि कारबाही सुरु, १७ ठेक्का सम्झौता अन्त्यको प्रक्रिया अघि बढ्यो
-
देशभर मौसम आज पनि सफा रहने
-
तीन उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता किस्ता
-
सयर बजार एक वर्षकै न्यून बिन्दुमा, २४८७ अंकमा झर्यो कारोबार