नेप्से २२.१४ अंकले घट्यो, ४ अर्ब ४४ करोडको कारोबार


काठमाडाैं– मौद्रिक नीति समीक्षापछि गत साता उकालो लागेको सेयर बजार बजेटको मुखमा घटेको छ। आइतबार नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ को विन्दु कायम भएको छ। लगातार अघिल्ला ५ कारोबार दिनसम्म बजार बढेको थियो ।
होटल तथा पर्यटन र म्युचुअल फन्ड बाहेकका उपसमूहकले बजार घटाएका हुन्। फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.१९ प्रतिशतले घटेको छ।
गत साता लगानीकर्ताको रोजाइमा परेको बैंकिङ उपसमूह ०.८७ प्रतिशतले घटेको छ। कारोबारमा आएका ३२५ मध्ये २१५ कम्पनीको सेयर मूल्य घटेको छ। जम्मा २९ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ३ को स्थिर रह्यो । सबैभन्दा धेरै इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ६.३६ प्रतिशतले गुमाएका छन्। कालिन्चोक दर्शनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
होटल तथा पर्यटन उपसमूहको सूचक ३.३७ प्रतिशतले बढेको छ। ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक १५ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन