नेप्से ११.५२ अङ्कले ओरालो, १७३ कम्पनीको शेयर मूल्य घट्यो


काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ११ दशमलव ५२ अङ्कले घटेर दुई हजार ७०८ दशमलव २५ विन्दुमा पुगेको छ । यससँगै परिसूचक शून्य दशमलव ४२ प्रतिशतले ओरालो लागेको नेप्सेले जनाएको छ ।
आज ३३४ कम्पनीका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर ५८ हजार ८७ पटक किनबेच हुँदा कुल कारोबार रकम रु ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ दशमलव ७२ पुगेको छ ।
आजको कारोबारमा १७३ कम्पनीको शेयर मूल्य घट्दा ७९ कम्पनीको मात्र बढेको छ भने बाँकी स्थिर रहेका छन् ।
उल्लेखनीय गिरावट भोग्ने कम्पनीहरूमध्ये हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य ९.९७ प्रतिशतले घट्यो । त्यसैगरी एनआइबिएल समृद्धि फण्ड–२को ५.८३ प्रतिशत, युनिभर्सल पावर कम्पनीको ५.१२ प्रतिशतले ओरालो लागेको छ । यस्तै पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.६२ प्रतिशत र विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ३.९२ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन