नेप्से १५.६४ अंकले घट्यो, कारोबार रकम रु चार अर्ब ७२ करोडमा सीमित


काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १५.६४ अंकले घटेर २,७२६.३३ विन्दुमा पुगेको छ ।
नेप्सेमा आज ३२६ कम्पनीका एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ६८ हजार ५९४ पटक किनबेच हुँदा कारोबार रकम रु चार अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० मा सीमित भएको छ ।
आजको कारोबारमा म्युचुअल फण्ड ०.२२ प्रतिशत र व्यापार समूह ०.०७ प्रतिशतले बढेका छन् भने बाँकी सबै समूहका उपसूचक घटेका छन् । बैंकिङ ०.५५, विकास बैंक ०.८५, वित्त ०.७६, होटल तथा पर्यटन ०.९३, जलविद्युत् ०.९३, लगानी ०.५४, जीवन बिमा ०.५६, उत्पादन तथा प्रशोधन ०.४०, लघुवित्त ०.६९, निर्जीवन बिमा ०.३९ र अन्य समूह ०.२७ प्रतिशतले घटेका छन् ।
शेयर मूल्यमा आज हिमस्टार ऊर्जा कम्पनी लिमिटेडमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै लिबर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर ६.९९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर लिमिटेड पहिलो स्थानमा रह्यो, जसको रु ३३ करोड ८० लाखभन्दा बढीको शेयर कारोबार भयो ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लिबर्टी इनर्जी कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो, जसका १२ लाख ११ हजारभन्दा बढी कित्ता शेयर खरिद–बिक्री भए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन