नेप्से परिसूचक ७० अंकले बढ्याे, काराेबार रकम पनि उच्च


काठमाडौँ । नेप्से परिसूचक आज ७० अंकले बढ्दै हरियाली छाएको छ । मंगलबार एकैदिन नेप्से ७०.१८ अंकले बढेर २ हजार ३१०.५९ अङ्कमा पुगेको हो । सोमबार घटेको नेप्से मंगलबार भने ठूलो अंकले बढेको हाे ।
आज ३१५ कम्पनीको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर एक लाख १९ हजार ११ पटक खरिदबिक्री भएकाे छ । जसमा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ बराबरको कारोबार भएको छ।
सिन्धु विकास बैंक, बरुण हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, अन्खु खोला जलविद्युत र मन्दाकिनी हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको थियो । आज कारोबार भएका सबै कम्पनिको शेयर मूल्य बढेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनगाडी ग्रुपको २१ करोड ७७ लाख बराबरको कारोबार भएको छ । नयाँ सरकार गठनसँगै अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएपछि शेयर बजारमा उतारचढाव आएकाे छ । आजकाे बृद्धिसँगै नेप्से परिसूचक २६ महिना यताकै उच्च बिन्दुमा पुगेकाे छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन