सुनको नयाँ रेकर्ड, आज कति पुग्यो मूल्य तोलामा ?


काठमाडौँ: नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ।
महासंघका अनुसार सोही सुन प्रति १० ग्रामकै मूल्य १ लाख ८५ हजार १५ रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख १४ हजार ७०० रुपैयाँमा सीमित रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा २ हजार ५०५ रुपैयाँ रहेको चाँदी शुक्रबार बढेर तोलामा २ हजार ५६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन