प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सिलवालले गरे पदभार ग्रहण


काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हितेन्द्रदेव शाक्यलाई हटाउँदै सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
जेन–जी आन्दोलनपछि ऊर्जामन्त्री बनेका कुलमान घिसिङले प्राधिकरणमा नेतृत्व परिवर्तन गर्दै सिलवाललाई नियुक्त गरेका हुन् ।
सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गुम्बाका स्थायी बासिन्दा सिलवालले २०५१ सालमा पाँचौँ तहबाट प्राधिकरणमा सेवा प्रवेश गरेका थिए । इन्जिनियर सिलवाल १२ औँ तह (एमडी) पुगेपछि २०८१ माघमा अवकाश भएका थिए । उनले प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयमा बसेर लामो समय काम गरेका थिए ।
मन्त्री घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पनि सिलवाल उनको नजिकका सहयोगीका रूपमा काम गरेका थिए र घिसिङलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन