एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई बुटवल हस्पिटलमा १५ प्रतिशतसम्म छुट


बुटवल – एनएमबि बैंकका कर्मचारी तथा ग्राहकले अब बुटवल हस्पिटल प्रालिबाट स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
एनएमबि बैंक र बुटवलस्थित बुटवल हस्पिटलबीच भएको सम्झौताअनुसार बैंकका कर्मचारी, परिवार र ग्राहकले विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने व्यवस्था गरिएको हो। सम्झौता बमोजिम हस्पिटलले उपलब्ध गराउने बेड चार्ज, ल्याब टेस्ट, अपरेसन चार्ज, युएसजी, ईसीजी, इको, एक्स–रे, फिजियोथेरापी र औषधिमा ५ देखि १५ प्रतिशतसम्म छुट लागू हुनेछ।
सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नु प्रसाद पौडेलले हस्ताक्षर गर्नुभयो। सम्झौताबाट बैंकका कर्मचारी र ग्राहकलाई उपचार खर्चमा राहत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
छुट प्राप्त गर्नका लागि सेवाको भुक्तानी एनएमबि बैंकको खाताबाट गर्नुपर्नेछ। यसका लागि बैंकका एटीएम, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कर्पोरेट पे, आइपिएस र क्यूआर कोड प्रयोग गर्न सकिनेछ।
हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउण्टरमार्फत सेवा दिँदै आएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन