एनएमबि बैंकद्वारा अमर जैन विद्यालयमा स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण


लालबन्दी, सर्लाही – एनएमबि बैंकले सर्लाहीको लालबन्दी-५ स्थित श्री अमर जैन विद्यालयमा विद्यार्थीहरूलाई स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ। यो कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आयोजना गरिएको हो।
बैंकका प्रतिनिधिहरूले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक उन्नयनमा सहयोग पुर्याउने प्रतिबद्धता अनुसार कार्यक्रम सञ्चालन गरेका हुन्। यस पहलले विद्यालयको शैक्षिक वातावरण सुदृढ बनाउने र विद्यार्थीहरूलाई थप प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा लालबन्दी वडा नं. ५ का वडाध्यक्ष रामप्रसाद ढुंगेल प्रमुख अतिथिको रूपमा उपस्थित थिए। उनले एनएमबि बैंकको सामाजिक पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।
त्यस्तै, बैंकका मधेश प्रदेश प्रमुख दीपेन्द्र कुमार मिश्र र लालबन्दी शाखाका प्रबन्धक अरुण आचार्य पनि कार्यक्रममा उपस्थित थिए।
विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। सहभागीहरूले बैंकको यस उदाहरणीय पहलको सराहना गरेका थिए।
एनएमबि बैंकले भविष्यमा पनि समाज र राष्ट्रको हितका लागि यस्तै रचनात्मक र सामाजिक रूपमा जिम्मेवार कार्यक्रमहरू सञ्चालन गर्ने वाचा गरेको छ। बैंक हाल देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन