तीन अर्बको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्दै एनएमबी बैंक


काठमाडौं,: एनएमबी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ‘एनएमबी ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने भएको छ ।
बैंक सञ्चालक समितिको २८ मंसिरमा ४७९औं बैठकले आर्थिक वर्ष २०८०÷८१ को २९औं वार्षिक साधारणसभा २५ पुसमा गर्ने र प्रतिकित्ता १ सयका दरले ३ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।
यो सेयर जारी भएपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९ सयबाट २१ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९ सय रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।
त्यसैगरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भएपछि बैंकको अधिकृत पूँजी २० अर्बबाट २५ अर्ब पुग्ने छ ।
११ पुस एक दिन वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकको सेयर दाखिल खारेज कार्य बन्द गर्ने निर्णय गरेको एनएमबी सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि नगद लाभांश तथा बोनस सेयर नदिने निर्णय पनि गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन