एनएमबी बैंकको नयाँ म्युचुअल फन्डमा लगानीका लागि खुल्यो आवेदन


काठमाडौं: एनएमबी बैंकको कोष प्रवर्द्धनमा सञ्चालन हुने नयाँ म्युचुअल फन्ड ‘एनएमबी हाइब्रिड फन्ड एल २’ मा लगानी आवेदन खुलेको छ ।
कम्पनीले १२ करोड इकाईमध्ये १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरेको हो । अंकित मूल्य १० रुपैयाँको उक्त फन्डमा बिहीबारदेखि अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ ।
छिटोमा माघ २८ र ढिलोमा फागुन ८ गतेसम्म आवेदन खुल्न सक्नेछ । न्यूनतम १ सय कित्ता तथा अधिक १ करोड २० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । बन्दमुखी यस योजना दोस्रो बजारमा सूचीकृत भइ कारोबारमा आउने बैंकले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन